नेपाल आफ्नै जस्तो लाग्छ

सुन्दैछु तराईलाई पहाडसँग जोडिन मन छैन रे
सायद गुराँस को रातो रंङ्ग मन परेन होला
अनि त्यो सेतो हिमालसँग दुश्मनी बढ्यो होला
मन परेन होला ठुला ठुला पहाडहरु,
भिरहरु, पाखाहरु
हात्ती , गैडा सँग रमाउँदा रमाउँदै
सानो लाग्यो होला डाँफे
मत सबैले भन्ने गरेको पहाडे बाहुन
मलाई कुनै राज्य छुट्याइएन
त्यसैले त सबै राज्य आफ्नै जस्तो लाग्छ
सिङ्गो नेपाल मेरै हो जस्तो लाग्छ
मिथिला हाम्रै हो जस्तो लाग्छ
लुम्बिनी आफ्नै जस्तो लाग्छ ।

नबिर्सन ल ??

गाऊ कस्तो हुन्छ ? एउटा शहरियाले मलाई प्रश्न सोध्यो एकैछिन अकमक्कमा परे । उस्को प्रश्न अस्वभाविक थिएन किनभने गाउँको मुखनै कहिल्यै नदेखेको मान्छेलाई गाऊँ कस्तो हुन्छ भन्ने जिज्ञाशा उठ्नु स्वभाविक पनि हो । अनि मैले गाऊँको धेरै बयान सुनाए अनि अन्त्यमा थपे गाऊ म बस्ने ठाऊँ जस्तै हुन्छ , भने गाऊँ मेरो गाऊँ जस्तै हुन्छ । उसलाई जवाफ त दिए तर एकैछिन पछि मेरो मन ले मलाई नै प्रश्न सोध्यो मेरो गाऊँ किन गाऊँ ? प्राकृतिक सुन्दरता ले मेरो गाऊँ अरु कुनै गाऊँ भन्दा कम छैन वा भनौ मैले उसलाई भन्न चाहेको गाऊँ भन्दा कम छैन तर मैले उसलाई यति मात्र भनेको थिईन भनेको थिए गाऊँका मन्छे एकदम असल हुन्छ । दयालु हुन्छन । सहयोगि हुन्छन । आपसमा भाइचारा को सम्बन्ध हुन्छ । यो तेरो यो मेरो भन्ने हुदैन । गाऊँको आफ्नै सस्कार सस्कृति र परम्परा हुन्छ । दुख हुन्छ सुख हुन्छ अनि यिनै दुख सुखँ आपसमा साटिन्छ अनि गाऊँ गाउँ बन्छ अनि यहाँका बासिन्दा गाऊँले बन्छन् । मेरो गाऊँमा मैले भनेका कुन कुन कुरा छन खोतल्न थाले

     धेरै कम छन अनि कति क्रमश कम हुदै  छन् । मलाई लाग्यो मेरो गाऊँले गाऊँका धेरै गुणहरु गुमाउदै छ । मेरो गाऊँले मात्र हैन यस्ता धेरै गाऊँहरुले गाऊँको मौलिकता गुमाउदै छन । गाउँका मान्छे सधै दुखमा बस्न पर्छ म यो भन्दिन मेरो गाऊँले आज धैरै सुबिधाहरु पाएको छ बाटो घाटो , शिक्षा ,सुचना संचारले  गाऊँको रुप फेरि दिएको छ यो कुरा भन्न पाऊँदा कति खुसि लाग्छ । तर दुखका साथ भन्नुपर्छ गाऊँले आफ्नो सस्कार पक्कै भुल्दै छ । भुल्दैछ आपसि सम्बन्ध । मैले थाहा पाएदा वा सुन्दाको गाऊँ अत्यन्त सुन्दर लाग्थ्यो । तर आज गाऊँमा आऊँदा जब जब एक्लो महसुुस हुन्छ । जब आ आफ्नै घरमा मात्र रमाईरहेका मान्छेहरु दैख्छु अनि कोहि गाऊँमा आएर शहरिया पना देखाइरहेका मान्छे भेट्छु अनि अलिकति दुखं लाग्छ । हामी पनि कति समय शहरमा बिताउनु पर्ने हुन्छ  त्यहाँ हुदा हामी त्यहिँको भएर बस्नुपर्छ । साचो अर्थमा हामी शहरमा हुदाँ गुम्सिरहेका हून्छौ पर्खालहरु भित्र एउटा कोठा भित्र अनेक थरि का मान्छेहरुको माझमा अत्यन्त कष्ठकर लाग्छ मलाई त्यो दिनचर्या तर जब गाऊँ आउछौ तब यहिँको भएर हिडनु पर्छ सबै सँगै हाँसेर बोलेर दुख सुख उकालि ओरालि सँगसगै भर्खरै पिजडाबाट फुत्किएको चरि जस्तै स्वतन्त्र , अनिपो हामी गाऊँले । एकत परदेशले गाऊँको धेरै खुसि खोसिदिएको छ । दिदि भाऊजु आमा बुबा हरुलाई गाऊँमा एक्लै पारिदिएको छ । कति परदेशिको सम्झनामा गह्रौ मन लिएर बसिरहेका छन् ।  त्यो बाध्यता हो जसमा हाम्रो केहि नलाग्ला तर हामीले गर्न सक्ने पनि धैरै कुरा छन् । सस्कांर सस्कृति हरु समयअनुसार परिमार्जन गर्दै लानु पर्छ तर यसका राम्रा कुरालाई कहिलै पनि भुल्नुहुदैन र नभुल्नलाई हामी सबैले सम्झन पर्छ ।  सम्झनपर्छ यहाँको सस्कार सस्कुति चाढपर्ब रितिरिवाज परम्परा । एकदुईले हैन सबैले । आज शहर हरु आधुनिक बाट अत्याधुनिक हुदैछन र अत्याधुनिक सँगै बिक्त हुदै छन जसले गर्दा शहर नेपालका शहर जस्तो छैन । अनि गाऊँ पनि बिस्तारै यसैतिर लम्के भने हामीले हाम्रो भनेर , हाम्रो गाऊँभनेर के कुरामा गर्भ गर्ने ?  एकत युवाहरुगाऊँमा नगन्य मात्रमा छन अनि जति छन तिनले पनि आफ्नोपना छोडे गाऊँले पना छोडेभने राम्रो होलार ? आजकल देशमा पहिचानको बहस चलिरहेको छ मैले बुझको पहिचान भनेको परिचय हो । हाम्रो गाऊको परिचय के त ?

     यहि भुमिमा हाम्रा धेरै पुर्खाहरुले जिबन बिताएका छन एउटा इतिहास रचेका छन अनि हामीलाई एउटा बाटो देखाईदिएका छन । माटोको माया त झन कसैले भन्न पर्नेकुरा नै भएन नि है ?  अग्रजलाई सम्मान गर्ने साथदिने अनि गाऊँका हरेक बिकासनिर्माणका काम देखि लिएर दुख सुख सहयोगका कुरामा सगसगै हिडने । शहर गएर , परदेश गएर सिकेका राम्रा कुरालाई ब्यवहारमा उतार्ने अरुलाई पनि सिकाउने अनि नराम्रा कुराहरुलाई चाहिँ बाटो मै भुलिदिउन हुन्न ? फेरि भुल्ने आदत ले गाऊँलाई नै भुलिदिने गाऊँ नभुलेकाले गाउँले पना लाई भुलिदिने , बिकृतिलाई बढवा दिनेहो भने त हामीले अरुलाई देखाउन सुनाउन अनि मनलाई सन्तुष्ट पार्न कसरी सकिएला र है ?  


लाग्छ म सानै छु धेरैकुरा बुझ्दिन बल्ल गाऊँ समाजसँग परिचित हुदै छु । मेरो गाऊँ अनि यो जस्तै अरु गाऊँका आ आफ्नै समस्या छन । धनि गरिब बिचका खाडल छन । हुनेले रवाफ देखाइदिनि अनि नहुनिले हुनेको देखासिकि गर्न खोज्ने परम्परा गाऊँको एउटा समस्या हो यस्ता अनेकन समस्याहरु मैले पनि देखेको सुनेको र भोगेको पनि छु । यस्ता समस्याहरुसगँ पनि हामी सँगै जुध्नुपर्छ ।  फेरि पनि भन्न कति सजिलो हुन्छ यो भएन त्यो भएन आज मैले पनि त्यही गरे भने र पनि गर्न पनि नसकिनि भन्ने पनि हैन । मैले भनेका धरैकुरा हामी सबैलाई थाहा छ । मात्र व्यबहारमा कमैले उतारेका छौ । सबैले मनन गरिदिनेहो भने कति सुन्दर हुन्छ हाम्रो गाऊँ । गरौन है ।। अनि मैलेजस्तै सबैले भनौला गाऊँ म बस्ने ठाऊँ जस्तै हुन्छ । गाऊँ मेरो गाऊँ जस्तै हुन्छ ।

पातलिदै छ गाउबसति



माछापूच्छ्रे को काख समथर भुभाग अनि पोखरेलहरुको कर्मभुमि काङमाङ्गवस्ति वास्तवमै एक नमुना ठाउँ । यहि भुमिमा हाम्रा धेरै पुर्खाहरुले जिवन विताए, एउटा इतिहास रचे अनि हामीले पच्छ्याउन लाएक बाटो देखाए । यो उर्वर भुमि मा हामी जन्मन पाउनु पनि गर्भ को बिषय हो । सबै मानिस शिक्षित मिलनसार, विवेकि, अनुसासित अनि विक्रिति बाट टाढा रहेको यस क्षेत्रकै यो नमुना गाउँ ।
 तर आज शहरपलाएनको प्रभाव ले यो सन्दर गाउँलाइ पनि अक्षुतो राख्न सकेन । अवसर को खोजि अनि सुघम बस्तिको खजिले गर्दा होला आजकल यो गाउँ सुन्य लाग्न थालेको छ । रोजगार र अवसर को खोजिमा बाहिरिने क्रमले यो वस्तिमा युवाहरु नगन्य मात्रमा छन,। सुन्दर भुमि भईकन पनि यो ठाउँमा विगत १५, २० बर्ष देखि एउटा पनि घर सङख्या थपिएको छैन भने वसाईसराईको क्रम बढदो छ । यो भुमि ले धेरै सन्तति हरु जन्माईसकेको छ धेरै लाई ठुलोमान्छको उपाधि दिएको छ र पनि आज आफु एकलिने स्थितिमा पुगेको छ । कत्रो जमघट कत्रो भलाकुसारि अनि छलफल हुने यो थलो मा आज गाह्रो साह्रो पर्दा हाआर गुहार गर्ने मनिसको पुनि अभाव हुने स्थिति आईसकेको छ । यो क्रमले अव पोखरेलहरुले सदयुग देखि जिवनविताउदै आएको यो पुरानो वस्तिको अस्तित्वनै खतरामा पर्न थालको छ । आफ्नो जन्मभुमि अनि पुर्खाहरुको अस्तित्वलाई हामीले खतरमा पारेमा हामीलाई माटोले सराप्ने छ । अवसरहरुको सिर्जना गर्दै यो माटोको माया गरेर मेहनती हातहरु खियाउन सकेमा अझैपनि हामीलाई यो भुमि ले धेरै कुरा दिनसक्छ ।।।

मनको आखा



साझ साझ को बेला थियो  म के. आई. सिङ्ग पुलको बाटो हुदै तल आइरहेको थिए बगर आउनै लाग्दा पिपल चौतारी छेऊ को एउटा दृश्य ले मेरो पाईला लाई अगाडि बढ्न दिएन । बाटाकै छेउमा ६/७ जनाको एउटा समुह देखे ति मानिसहरुमा अनेकौ विविधताहरु हुदो हो र पनि मइले एउटा समानता देखे सबैको हातमा सेतो छडि देखे ।  यि दृश्यहरु नौला हैनन र पनि मनमा अनेकौ कुरा खेले र यिनै कुराहरुलाई अक्षरहरुमा कैद गर्न मन लाग्यो । मैले देख्दा ति दृष्टि बिहिन हरुको समुह आपसमा हात मिलाउदै थिए सायद दुष्टि को अभाव ले नै होला उनीहरुले एक आपसका हात भेटाउन निकै समय लगाए कति पटक एउटा हातले अर्को हातको हैन हावाको मात्र स्पर्श ग¥यो र पनि  उनिहरुको अनुहारमा एक किसिमको चमक भने छाईनै रहेको देखे सायद आफु जस्तै अनि मन मिल्ने अर्दश्य हितैशि हरु भेटे होलान । ति दृश्यहरु बाट सहजै अनुमान गर्न सकिन्थ्यो उनिहरु कति मिठो आत्मियता साटदै छन भनेर । हामि दृष्टि  हुनेहरु हात खोसि खोसि मिलाउछौ र त्यो स्पर्शमा आत्मियता कमै देखिन्छ  अनि कति औपचारिकता मात्रै हुन्छन त्यसैले त मनै नमिल्ने हरु सगँ पनि हामी हात चाहिँ जोडिदिन्छौ मन हैन । PN क्याम्पसको वरिपरि यस्ता धेरे  दृष्टि  बिहिन हरु छन मैले सुनेको उनिहरु पढाइमा अत्यन्तै तिक्ष्ण हुन्छन रे । हामी दृष्टि  भएका हरुले अरु राम्रा देख्छौ अरुको  राम्रो देख्छौ संसारका धेरैकुरा देखेका छौ अनि त महत्वकाङ्छि हुन्छौ मनमा अनेकौ कुण्ठा बोकेर हिडछौ र न त दिमाख एकिकृत गर्न सक्दैनौ तर उनीहरुलाइ न राम्रो के हो था छ न अरु प्रति इश्र्यानै त्यसैले उदाहरणनिय पात्र बन्छन । हाम्रा यि आँखाहरु बढि अरु प्रति कु दृष्टि  राख्नलाई नै खर्चे  नजिकै कसैलाई दुख परेको देखेनै टाढाको कसैले केहि प्रगति ग¥यो भनै त्यसैमा आँखा गाडछौ हामी सपाङ्ग भइ कन पनि मनका अपाङ्ग छौ तर उनिहरु मनका सपाङ्ग छन् । यो आखाँले हामीलाई ससार देखायो राम्रो कुरा नराम्रा कुरा सबथोक देखायो अनि यिनै बाहिरि पाउरफुल आखाँहरुको दम्भले गर्दा मनको आखाँ कहिल्यै उघारने कष्ट गरेनौ । मनको आखाँभरि बादल लाग्दा पनि आफुलाई सधै राम्रो नै दैख्यौ । अन्त्यमा यि कुरा न लेखेर टुङ्गिन्छन न भनेर सकिन्छ त्यहि हो थोरै मात्र भएपनि ति दृष्टि  बिहिन बाट पाठ सिकौ अनि आफलाई एकपटक उनिहरुको ठाउँमा राखेर हेरौ त्यसपछि केहि बुझिएला ............ । "अपाङ्गहरु पनि हामी जस्तै मानीस हुन उनीहरुलाई माया ममता र सहयोग गरौ ।"               - कमल पोखरेल घाचोक-२ कास्की